काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा नेदरल्याड्सलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिना २–१ गोलले अगाडि रहेपनि थपिएको इन्जुरी टाइममा २–२ गोलको बराबरी हुँदा खेल रोमाञ्चक बनेको थियो ।
निर्धारित समयमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टि शुटआउटमा गएको थियो । पेनाल्टि शुटआउटमा अर्जेन्टिनाले ४ तथा नेदरल्याड्सले ३ गोल मात्र गर्यो ।
यसअघि नेदरल्याड्सविरुद्ध अर्जेन्टिनाले ३५ औँ मिनेटमा पहिलो तथा ७२ औँ मिनेटमा दोस्रो गोल गरेको थियो भने नेदरल्याड्सले ८३ औँ र दोस्रो हाफको इन्जुरी टाइमको ११ औँ मिनेटमा दोस्रो गोल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया