काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।शनिबार हुने पहिलो खेलमा मोरक्कोले पोर्चुगलको सामना गर्दैछ ।
अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।
मोरक्कोले स्पेनलाई राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । त्यस्तै पोर्चुगलले स्विट्जरल्यान्डलाई आधा दर्जन गोल वर्षउँदै क्वाटरफाइनल पुगेको थियो ।
यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति नेपाली समय अनुसार १२:४५ बजे शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया