मध्यपहाडी लोकमार्ग निर्माणको सबै ठेक्का यहि बर्षभित्र लगाउने तयारी

काठमाडाैं : राष्ट्रिय गाैरवको मध्यपहाडी लोकमार्गका सबै निर्माण ठेक्का यसै बर्षभित्र लगाउनेरि अायोजनाले अर्थ मन्त्रालयसँग ४ अर्ब रूपैयाँ थप बजेट मागेको छ । 

मध्यपहाडी लोकमार्ग अायोजनाले पूर्वी र पश्चिम गरि दुर्इ वटा खण्डमा विभाजन गरि यो सडक निर्माण अघि बढार्इरहेको छ । पूर्वी खण्डका लागि २ र पश्चिम खण्डका लागि २ गरि ४ अर्ब रूपैयाँ थप बजेट माग गरिएको अायोजनाले जानकारी दिएको छ । 

चालु अार्थिक बर्षमा यो अायोजनाको काम गर्नका लागि सरकारले ५ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ । पूर्वी र पश्चिम खण्डका लागि २/२ अर्ब रूपैयाँ बजेट छुट्यार्इएपनि सबै ठेक्का यसै बर्षभित्र लगाउन अायोजनाले थप बजेट माग गरेको हो । 

सरकारले अार्थिक बर्ष २०६४/६५ देखि मध्यपहाडी लोकमार्ग निर्माण थालेको थियो । हाल यो सडकको ट्रयाक खोल्ने काम लगभग सकिएको छ । २५ जिल्लाका ३ सय बस्तीमा बसोबास गर्ने ७५ लाखभन्दा बढी नागरिकको जीवनस्तर र अार्थिक हैसियत उकास्नेगरि यो अायोजनालार्इ हाल राष्ट्रिय गाैरवको अायोजनामा राखिएको छ ।

चालु अार्थिक बर्षका लागि छुट्यार्इएको बजेटमध्ये पूर्वी खण्डको काममा अायोजनाले १ अर्ब ८० करोड रूपैयाँ खर्च गरिसकेको जनाएको छ । यस्तै पश्चिम खण्डमा पनि करिब ८० अर्ब रूपैयाँ खर्च भर्इसकेको छ । 

गत अार्थिक बर्षमा सरकारले पूर्बी खण्ड निर्माणका लागि छुट्याएको शतप्रतिशत रकम खर्च भएको थियो । पश्चिम खण्डमा पनि लगभग सबै बजेट खर्च गरि काम गरिएको अायोजनाको दाबी छ । यो सडकको कूल लम्बार्इ करिब १७ सय किलोमिटर लामो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?