टेस्ट क्रिकेटः बंगलादेशको ब्याटिङ गर्ने निर्णय

बंगलादेश ।  बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो पाँच दिवसीय टेस्ट क्रिकेट खेल बिहीबारदेखि शुरु भएको छ । 

यी दुई टिमबीचको खेल चटगाउँको जहुर अहमद चौधरी रङ्गशालामा भइरहेको छ । बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । 

यस खेलमा पहिलोपटक १७ वर्षीय अफ स्पिनर नयीम हसनले पनि खेल्दैछन् । बंगलादेशका तर्फबाट चारजना स्पिनरहरु शकिब, ताइजुल इस्लाम र मेहीदी हसनले पनि खेल्नेछन् । 

पहिले ब्याटिङ गरेको बंगलादेशले दिउँसोको भोजन सत्रसम्ममा २७ ओभरमा दुई विकेट गुमाई १सय ५ रन बनाएको छ । बंगलादेशका इमरुल कायास ४४ र सौम्य सर्कार शुन्य रनमा पेभेलियनमा फर्किएका छन् । 

अहिले क्रिजमा मोमिनुल हक व्यक्तिगत ५५ रन बनाएर खेलिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?