भूपेन्द्र पटेलले भोलि गुजरातको मुख्यमन्त्रीमा शपथ लिँदै, मोदी पनि सहभागि हुने

लोकपथ
70
Shares

काठमाडौं । भारतीय जनाता पार्टी (भाजपा)का नेता भूपेन्द्र पटेलले डिसेम्बर १२ मा लगातार दोस्रो पटक गुजरातको मुख्यमन्त्रीको शपथ लिने भएका छन् ।

उनलाई शनिबार भाजपा विधायक दलको नेतामा सर्वसम्मत चयन गरिएको थियो। भाजपाले गुजरातमा कीर्तिमानी सातौं पटक सरकार बनाउन लागेको छ ।

पटेल र प्रदेश अध्यक्ष सीआर पाटिलले राज्यपाल आचार्य देवव्रतलाई भेटेर सरकार गठनको दाबी गरेका छन् । यसअघि, पटेललाई केन्द्रीय पर्यवेक्षक रक्षा मन्त्री राजनाथ सिंह, बीएस येदियुरप्पा र अर्जुन मुन्डाको उपस्थितिमा विधायकहरूको बैठकमा नेता चयन गरिएको थियो।

सोमबार दिउँसो २ बजे हुन लागेको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपा शासित राज्यका मुख्यमन्त्री, केन्द्रीय मन्त्री र वरिष्ठ नेताहरुको सहभागिता रहनेछ । पटेलसँगै करिब २० क्याबिनेट मन्त्रीले शपथ लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?