मसालेदार पिरो खाना खाएर खोक्दा भाँचिए करङका ४ हड्डी

लोकपथ
56
Shares

काठमाडौं । चीनमा अनौठो घटना घटेको छ । चीनको सांघाइमा मसालेदार पिरो खानेकुरा खाँदा एक महिलाको करङका चारवटा हड्डी भाँचिएका हुन् ।

स्रोतका अनुसार महिलालाई पिरो तथा मसालेदार खाना खाँदा खोकी सुरु भएको थियो। उनको खोकी यति चर्को थियो कि करङका चारवटा हड्डी नै भाँचिए ।

करङका चारवटा हड्डी नै भाँचिएको पत्तो नपाएकी महिलाले शुरुमा छातिको दुखाइलाई सामान्य रुपमा लिएपनि केही दिनपछि डाक्टरकोमा चेकजाँच गराउन जाँदा आफ्नो करङ भाँचिएको थाहा पाएको खुलाइएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार पिरो खाएर खोक्दा करङको हड्डी भाँचिएकी महिलाको नाम हुआंग हो । पिरो खाएपछि निकैबेर सम्म जोडसँग खोक्दा उनको छातिमा दबाब परेको र उनले आफ्नो छातिबाट तीव्र कर्कश आवाज सुनेको बताइएको छ ।

ति महिलाले छातिबाट तीव्र कर्कश आवाज सुनेको केही दिनपछि स्वास फेर्न र बोल्न नै अप्ठेरो हुन लागेपछि चेकजाँचका लागि अस्पताल पुगेकी थिईन् ।

अस्पताल पुगेर सिटी स्क्यान गर्दा उनको छातीका चार वटा करङ भाँचिएको डाक्टरहरुले पत्ता लगाए । डाक्टरहरूले एक महिनासम्म उनको कम्मर र छातीमा पट्टी बाँध्न लगाएका छन् । अस्वस्थ तथा कम शारीरिक तौलका कारण महिलाको करङ भाँच्चिएको डाक्टरहरुले बताएका छन् ।

हुआंगको शरीर आवश्यकताभन्दा दुब्लो रहेका कारण करङका हड्डी बाहिरबाटै देखिन्छन् । उनको उचाइ पाँच फिट ६ इन्च र वजन ५७ किलो छ । त्यसैले जोडसँग खोकी लाग्दा उनका करङ नै क्षतिग्रस्त भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?