एजेन्सी । सेनेगल तथा इंग्लिस क्लब लिरभपुलका स्ट्राइकर साडियो मानेले क्लबसँग नयाँ सम्झौता गर्ने भएका छन् ।
उनले लिभरपुलसँगको नयाँ सम्झौतामा हस्ताक्षर गर्न राजी भएको बताइएको छ । उनले एनफिल्डमा लामो समयसम्म बस्ने नयाँ सम्झौता गर्न लागेका हुन् ।
सन् २०१६ मा २६ वर्षे माने साउथह्याम्पटनबाट लिभरपुलमा आवद्ध भएका थिए । उनलाई लिभरपुलले ३४ मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गरेका थिए । उनले लिभरपुलबाट ८९ खेल खेल्दै ४० गोल गरिसकेका छन् ।
‘क्लबसँगको सम्झौता नविकरण गर्न पाउँदा आज म धेरै खुशी छु, मलाई लाग्छ मैले खेल जीवनको सहि निर्णय लिए’ उनले भने ।
अब माने आगामी २०२३ सम्म लिभरपुलमा रहने गरि सम्झौताको नविकरण भएको बताइएको छ । मानेले यो सिजनमा मात्र लिभरपुलबाट ७ गोल गरिसकेका छन् । साथै उनले रसिया विश्वकपमा सेनेगलबाट खेल खेल्दै एक गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया