काठमाडौं । नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी दिने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा दोश्रो संस्करणको Youth Community for Nepalese Contractors (YCNC) आज दोस्रो दिन हो ।
सुरक्षित र दिगो निर्माणका लागि प्राविधिक रुपान्तरण मुख्य उद्देश्यसहित Community for Nepalese Contractors (YCNC) को मुख्य आयोजना तथा Nepal Engineers' Association (NEA), SSociety of Nepalese Architects (SONA), Society of Consulting Architectural and Engineering Firm (SCAEF) र Brandworth Pvt. Ltd. को सह–आयोजनामा मेलाको आयोजना गरिएको हो ।
मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्ष्ँमादेवी बिल्डिङ मटेरियल्स रहेको छ । मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्मँण व्यवसायी महासंघले सहयोग गरेको छ ।
मेलामा निर्माण क्षेत्र भित्रिएका नविनतम प्रविधिहरु प्रदर्शनीमा राखिएको छ । ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट कम्पनी, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय समाग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतको गरी मेलामा १ सय बढी स्टल रहेका छन् ।
मंसिर ६ गतेदेखि ४ दिनसम्म दैनिक बिहान १० बजेदेखि साझ ६ बजेसम्म मेलाको अवलोकन गर्न सकिनेछ । मेलास्थलमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलाको २ लाख बढीले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।
मेलाले फरक फरक भौगोलिक अवस्थितिमा भौतिक निर्माणका लागि आवश्यक फरक फरक प्रविधि, सिप र निर्माण सामाग्रीबारे सही सूचना एवं जानकारी दिन मद्दत पुर्याउने लक्ष्य लिएको युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर अध्यक्ष आनन्द सुवेदीको भनाई छ ।
मेला मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।
तस्वीर: सरोज घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया