चिनियाँसँग झडपमा घाइते भएका ६ भारतीय सैनिकको गुवाहाटीमा उपचार हुँदै

लोकपथ
63
Shares

काठमाडौं । शुक्रवार अरुणाचल प्रदेशको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा घाइते भएका ६ भारतीय सैनिकको गुवाहाटीको अस्पतालमा उपचार भइरहेको छ । तवांग क्षेत्रमा भएको उक्त झडपमा दुबैतर्फका सैनिक घाइते भएका छन् ।

न्युज एजेन्सी एएनआईका अनुसार भारतीय सेनाले आफ्नो भूमिमा चिनियाँ घूसपैठको कडा जवाफ दिएको उल्लेख गरेको छ । समाचारमा भारतीय सेनाको तुलनामा चिनियाँ सेनामा बढी क्षति भएको पनि दाबी गरिएको छ ।

मिडियो रिर्पोट्सका अनुसार १७ हजार फिटको उपचाइमा झडप भएको हो । भारतीय भूमिमा तीनसय चिनियाँ सैनिक घूसपैठको प्रयास भएपछि सो झडप हुन पुगेका दाबी गरिएको छ ।

घटनापछि कमाण्डरस्तरमा कुराकानी भएको छ भने दुबै पक्षका जवान विवादित क्षेत्रबाट पछि हटेका छन् । यो क्षेत्रमा दुबै देशले आफ्नो भूमि दाबी गर्दै आएका छन् । जुन विवाद सन् २००६ देखि नै जारी छ ।

यस पहिले १५ जुन २०२० मा लद्दाखको गलवान उपत्यकामा दुबै देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चिनियाँतर्फका पनि ४ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?