क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना कतार विश्वकपको फाइनलमा

लोकपथ
280
Shares

काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।

दोहाको लुसेल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।  खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले दोस्रो गोल गरे ।

अर्जेन्टिनाले अब फ्रान्स र मोरोक्कोबीचको विजेतासँग फाइनलमा खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?