काठमाडौं। कामना सेवा विकास बैंकले निमित्त कार्यकारी अधिकृतमा प्रविण बस्नेतलार्इ नियुक्त गरेको छ ।
भदौ ८ गते प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्ले राजीनामा दिएका थिए । उनको राजीनामा पछि केही समय कामना सेवा विकास बैंकको बैठक बसेको थियो ।
काफ्लेको राजीनामा स्वीकृतिसँगै बस्नेतलार्इ मंसिर ८ गतेदेखि कार्यान्वयन हुने गरी निमित्त कार्यकारी प्रमुखमा नियुक्त गरिएको बैंकले जानकारी गराएको छ ।
यस्तै बैंकले नायव महाप्रवन्धक हरि प्रसाद लम्साललार्इ कम्पनी सचिवमा नियुक्त गरिएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया