विश्वकपको फाइनल प्रवेशका लागि फ्रान्स र मोरोक्को भिड्दै

लोकपथ
0
Shares

विश्वकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि बिहीबार राति पौने १ बजे फ्रान्स र मोरोक्को भिड्दैछन् ।
इतिहास रच्नै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको मोरोक्को र साविक विजेता फ्रान्सबीचको खेल रोचक बन्ने देखिएको छ ।

बलियो टोली फ्रान्स र अप्रत्यासिक नतिजा तर विश्वकपमा एक आत्मघातीबाहेक गोल नै नखाएको मोरोक्कोबीचको भिडन्तको नतिजाको आधारमा अर्जेन्टिनाले फाइनलमा आफ्नो प्रतिद्वन्द्वी पाउनेछ । गएरातिको सेमिफाइनलको अर्को खेलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

इतिहास गर्ने हो भने फ्रान्स अहिलेसम्म मोरोक्कोसँग हारेको छैन । अघिल्ला ५ खेलमा विजय हासिल गरेको फ्रान्सले सन् २००७ मा भने मोरोक्कोसँग २–२ को बराबरी खेलेको थियो ।

विगतको इतिहास जे भएपनि आजको खेलबाट मोरोक्को अर्को इतिहास रच्दै विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकन मुलुक बन्ने रणनीतिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?