माथिल्लो तामाकोशीको अार्इपीअो मंगलबार बाँडफाँट हुँदै

काठमाडाैं :  माथिल्लो तामाकोशी जलविधुत आयोजनाले निष्काशन गरेको आर्इपीओ मंसिर ११ गते मंगलबार बाँडफाँट गरिने भएको छ । हिजो शुक्रबार नै शेयर बाँडफाँट गर्ने भनिएपनि तथ्यांक प्रशोधनको काम नसकिएकाले मंगलबार बाँडफाँट गर्न लागिएको बिक्री प्रबन्धक नागरिक कोषले जानकारी दिएको छ ।

कोषका अनुसार आयोजनाप्रभावित स्थानीयले सर्वसाधारणका लागि निष्काशन गरेको आर्इपीओमा समेत दोहो-याएर आवेदन दिएपछि अहिले सो तथ्यांक प्रशोधन गर्ने काम भर्इरहेको छ । एकै व्यक्तिले दुर्इपटक हालेको आवेदन रद्द गर्नेगरि कोषले काम अघि बढार्इरहेको जानकारी दिएको छ । 

तामाकोशीले कात्तिक १५ गतेदेखि कूल पूँजीको १५५ हुने आउने १ अर्ब ५८ करोड रूपैयाँ बराबरको साधारण शेयर आबेदन खुला गरेको थियो । सर्वसाधारण लगानीकर्ताले ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रूपैयाँबराबरको शेयरका लागि आवेदन दिएका छन् । 

कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । बढी कित्ता आवेदन गर्नेले न्यूनतम ४५ कित्तासम्म शेयर पाउन सक्ने देखिन्छ ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?