त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर गाडी गुडाउन प्रतिबन्ध लगार्इँदै

काठमाडाैं : सञ्चालनमा रहेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कोटेश्वर क्षेत्रका सतही सडकमा सवारीसाधन चलाउन निषेध गरिने भएको छ ।

विमानस्थल विस्तारसँगै सुरक्षा संवेदनशीलता थपिएको जनाउँदै सरकारले अब सो क्षेत्रमा सुरूङमार्ग बनाउनेगरि अध्ययन अघि बढाएको छ । तिनकुने-सूर्यविनायक-बनेपा-बर्दीबास सडक निर्माण गरिदिएको जापानले सुरूङमार्ग निर्माणका लागि विस्तृत डिजार्इन र ड्रर्इङको काम अघि बढाएको छ । 

हाल कोटेश्वर चोक नेपालकै सबैभन्दा बढी ट्राफिक जाम हुने सडक बनेको छ । चारवटै दिशाका मुख्य सडकबाट र वरपरका भित्री बस्तीबाट चोकतर्फ अाउने सवारीसाधनले दिनहुँ अावतजावत अस्तव्यस्त हुने गरेको छ । 

अब सो क्षेत्रको सतही सडकमा ट्राफिक जाम हुन नदिन र त्रिभुवन विमानस्थलको सुरक्षा प्रत्याभूति निश्चिन्त गर्न सरकारले सबै सडकलार्इ सुरूङले प्रतिस्थापन गर्ने योजना अघि सारेको हो । कोटेश्वर चोकमा जोडिने चारैतर्फका सडकमा सुरूङमार्ग निर्माण हुनेछ । 

सडक विभागका अनुसार तीनकुनेदेखि जडिबटीसम्म र चक्रपथ छिचोल्नेगरि दुर्इवटा सुरूङमार्ग निर्माण गरिनेछ । यी दुर्इवटा सुरूङमार्गले कोटेश्वर चोकबाट चारैतर्फ गएका सडकलार्इ जोड्नेछ । 

चालु अार्थिक बर्षको बजेट बक्तव्यमा सरकारले जटिल पहाडी भूगोलका कारण सतही सडक निर्माणमा लागत र समय बढि खर्चनुपरेपछि पहिलो चरणमा मुलुकका ७ स्थानमा सूरूङमार्ग बनाउने घोषणा गरेको थियो ।

हाल सरकारले सुरूङमार्ग निर्माणमा प्राविधिक र अार्थिक सहयोग गरिदिन जापान, चीन र स्वीट्जरल्याण्ड लगायत मुलुकलार्इ अाग्रह गरिरहेको छ ।

यो पनि : 

सडक छोट्याउन देशभर ७ वटा सुरूङमार्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?