विराटनगर । विभागिय क्लब त्रिभुवन आर्मी क्लबले प्रथम रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरको शहीद रंगशालामा सम्पन्न भएको फाइनल खेलमा आर्मी क्लबले बर्दियालाई ५ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बर्दियाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ५२ रनको योगफल तयार पारेको थियो । जवाफी मैदानमा ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित लक्ष्य १६ दशमलव ५ ओभरमा मात्र ५ विकेटको क्षतीमा पुरा ग-यो ।
प्रतियोगितामा आर्मीका रमेश बहादुर बानिया म्यान अफ दी म्याच चुनिए भने भरत थापा म्यान अफ दी सिरिज घोषित भए । विजेता खेलाडीहरुलाई प्रदेश १ नं का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पुरस्कार वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया