काठमाडाैं : दोस्रो बजारको शेयर भाउ निकै कम रहेपनि चालु अार्थिक बर्षको पहिलो त्रैमासमा जलविधुत कम्पनीहरूको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ ।
पहिलो त्रैमासिको वित्तीय विवरण सार्वजनिक गरेका १८ मध्ये १२ वटा जलविधुत कम्पनीहरूले खुद नाफा बढाएको देखिएको छ भने अधिकांशले रिजर्भ कोषमा पनि सुधार गरेका छन् । केही कम्पनीहरू भने खुद नाफा कमाउन र रिजर्भ कोष बलियो बनाउन विफल देखिएका छन् ।
१० अर्ब रूपैयाँ चुक्ता पूँजी रहेको जलविधुत लगानी तथा विकास कम्पनीले चालु अार्थिक बर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी खुद नाफा कमाएको छ । यो कम्पनीले असोज मसान्तसम्ममा २७ करोड ३७ लाख ४६ हजार रूपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।
तर, त्रैमासिक खुद नाफा, रिजर्भ कोष र प्रतिशेयर अाम्दानीमा झिनो सुधार गरेपनि दोस्रो बजारमा जलविधुत समूहको शेयर कारोबार मूल्य निराशाजनक छ । कतिपय जलविधुत कम्पनीहरूको दोस्रो बजारको मूल्य र अार्इपीअोका लागि तोकिएको मूल्य बराबरजस्तो देखिएको छ ।
चिलिमे हार्इड्रोपावरले २६ करोड ७८ लाख ९८ हजार रूपैयाँ खुद नाफा कमाएको छ भने प्रतिशेयर बार्षिक अाम्दानीतर्फ सानीमा मार्इ हार्इड्रोपावरले सबैभन्दा धेरै ३७ रूपैयाँ १६ पैसा कायम गरेको छ । चिलिमेको बार्षिक प्रतिशेयर अाम्दानी २७ रूपैयाँ ३ पैसा र हार्इड्रो डेभलपरको २६ रूपैयाँ ५७ पैसा कायम भएको छ ।
रिजर्भ कोष बलियो बनाउने हार्इड्रोपावर कम्पनीमा चिलिमे अब्बल देखिएको छ । यो कम्पनीले ५ अर्ब २४ करोड रूपैयाँ कम रिजर्भ कोषमा जम्मा गरेको छ भने बुटवल पावर कम्पनीले ४ अर्ब ३९ करोड रूपैयाँ भन्दा बढी रकम रिजर्भ कोषमा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया