एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिगको शिर्ष स्थानको दौडमा रहेको चेल्सी पराजित भएको छ ।
शनिवार राति सम्पन्न भएको १३ औँ चरणको खेलमा चेल्सी टोट्नह्यामसँग ३-१ गोल अन्तरले पराजित भएको हो । खेलको ८ मिनेट पनि बित्न नपाउँदै टोट्नह्यामका लागि डेली अलीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
खेलको १६ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । एक पक्षिय रहेको खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको टोट्नह्यामले खेलको ५४ औँ मिनेटमा थप एक गोल ग-यो ।
सन ह्युङ मिनले क्लबका लागि तेस्रो गोल गरे । खेलको ८५ औँ मिनेटमा ओलिभर गिरौडले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
जितपछि ३० अंक बनाएको टोट्नह्याम तेस्रो स्थानमा छ । हारपछि २८ अंकका साथ चेल्सी चौथो स्थानमा छ । त्यस्तै, शनिवार राति नै भएको म्यान्चेस्टर युनाइटेड र क्रिस्टल प्यालेसविचको खेल भने गोल रहित बराबरीमा सकिएको छ ।
निर्धारित समयसम्म दुवै क्लबले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र समान एक-एक अंक बाड्यो ।
बराबरीपछि २१ अंक बनाएको म्यान्चेस्टर युनाइटेड लिगको सातौं स्थानमा छ भने ९ अंकका साथ क्रिस्टल प्यालेस १५ औँ स्थानमा छ । इभर्टनले कार्डिफ सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया