एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामविरुद्ध जीत हात पार्दै म्यान्चेस्टर सिटीले २ अंकको अग्रता बनाएको छ ।
शनिवार राति भएको खेलमा म्यान्चेस्टर सिटीले वेस्टह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ११ मिनेट पनि बित्न नपाउँदै सिटीका लागि डेभिड सिल्भाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै १९ औँ मिनेटमा रहिम स्टर्लिङले गोल गरे । एक पक्षिय रहेको खेलको ३४ औँ मिनेटमा लोरे सानेले गोल गर्दै तेब्बर अग्रता दिलाए । खेलको पहिलो हाफसम्म ३-० गोल अन्तरले अगाडि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल थप्यो ।
खेलको इन्जुरी समयमा सानेले व्यक्तिगत दोस्रो तथा क्लबका लागि चौथो गोल गरे ।
जितपछि म्यान्चेस्टर सिटीले ३५ अंक बनाएको छ । त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले वाटफोर्डलाई ३-० गोल अन्तरले हरायो ।
लिभरपुलको जीतमा खेलको ६७ औँ मिनेटमा मोहम्मद सलाहले, ७६ औँ मिनेटमा अलेजन्द्रर एर्नोल्डले तथा ८९ औँ मिनेटमा रोबेर्टो फिर्मिनोले समान एक-एक गोल गरेका थिए । ८२ औँ मिनेटको खेल चलिरहँदा जोर्डन हेन्डरसन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सिमित भएको थियो । जितपछि लिभरपुलले ३३ अंक बनाएको छ ।
शनिवार राति नै भएको अर्को खेलमा फुलह्यामले साउथह्याम्पटनलाई ३-२ गोल अन्तरले पराजित ग¥यो । यता ब्राइटटन र लिचेस्टरबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया