काठमाडाैं : नेप्सेमा सूचिकृत कम्पनीहरूको भित्री सूचना चोरेर शेयर कारोबार गरि पूँजीबजारलार्इ प्रभावित पार्नेहरू अब कारबाहीमा पर्ने भएका छन्
पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले व्यक्तिगत वा संस्थागत स्वार्थ पुरा गर्न बैंक तथा वित्तीय संस्थाको सूचना चोर्ने र चुहाउने तथा बजार प्रभावित गर्नेलार्इ कारबाहीको दायरामा ल्याउन 'भित्री बजार बन्देज नियमावली, २०७५' जारी गर्ने भएको छ ।
हाल खाका (ड्राफ्ट) तयार गरिरहेको धितोपत्र बोर्डले यो नियमावली कार्यान्वयनमा अाएपछि शेयरबजारमा भित्री कारोबारका कारण हुने प्रभाव निस्तेज पार्ने दाबी गरेको छ । सर्वसाधारण लगानीकर्ताहरूले सूचीकृत कम्पनीहरूको भित्री सूचना चुहाएर शेयरबजारमा चलखेल गर्दा अाफुहरू मर्कामा परेको जनाउँदै यसलार्इ नियन्त्रण गर्न पूँजीबजार नियामक बोर्डलार्इ दबाब दिर्इरहेका छन् ।
कतिपय सूचिकृत कम्पनीको भित्री सूचना शेयरको लाभांश वितरण वा त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्नुअघि नै चुहिने गरेको छ । यसमा कम्पनीकै अधिकारीहरू समेत संलग्न हुने गरेको बोर्डले जनाएको छ । यसअघि पूँजीबजार प्रभावित बनाउनेलार्इ कारबाही गर्न ठोस कानूनी अाधार नभएकाले यसलार्इ सुधार गर्न नियमावली ल्याउन लागिएको धितोपत्र बोर्डले जनाएको छ ।
कम्पनीहरूको शेयर मूल्य र कारोबारलार्इ अाफुअनुकुल हुनेगरि भित्री सूचना हात पारि दोस्रो बजारमा कारोबार गर्ने बदमासी नै भित्री कारोबार हो । यस्तो कारोबारमा संलग्न रहेको भेटिए अबउप्रान्त बोर्डले कम्पनीकै अधिकारीदेखि शेयर कारोबारमा संलग्नसम्मलार्इ हदैसम्मको कारबाही गर्नेछ ।
गोप्य सूचनाका अाधारमा पूँजीबजारमा भित्री कारोबार गर्ने कामलार्इ दण्डनीय बनाउन बोर्डले नियमावली ल्याउन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया