एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत बार्सिलोनाले एथ्लेटिको म्याड्रिडसँग बराबरी खेलेको छ ।
शनिवार राति भएको खेलमा एथ्लेटिको म्याड्रिडसँग १-१ गोलको बराबरी खेल्दै दुवै क्लबले समान एक-एक अंक बाडेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
खेलको ७७ औँ मिनेटमा म्याड्रिडका लागि डिएगो कोस्टाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । कोस्टाले गोल गरेको आक्रामक बनेको बार्सिलोनाका लागि खेल सकिनै लाग्दा डेम्बालेले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीपछि बार्सिलोनाले २५ अंक बनाएको छ । त्यस्तै एथ्लेटिको म्याड्रिडले २४ अंक बनाएको छ ।
शनिवार राति नै भएको अर्को खेलमा रियल म्याड्रिड इबारसँग ३-० गोल अन्तरले पराजित भएको छ । इबारको जीतमा खेलको १६ औँ मिनेटमा इस्कालान्टले, ५२ औँ मिनेटमा एन्रिच र ५७ औँ मिनेटमा किकेले समान एक-एक गोल गरेका थिए ।
जारी लिगमा रियल म्याड्रिडले बेहोरेको यो पाँचौ हार हो । जीतपछि १८ अंक बनाएको इबार लिगको आठौं स्थानमा छ । शनिवार राति नै भएका खेलमा भ्यालेन्सियाले रायो भाल्लेकानोलाई ३-० गोल अन्तरले पराजित ग-यो ।
यता हुएस्का र लेभान्तेबीचको खेल भने दुई-दुई गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया