एजेन्सी । फ्रेन्च लिग वान फुटबल प्रतियोगिता अन्तर्गत पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले जित दर्ता गरेको छ ।
शनिवार राति भएको खेलमा मुख्य खेलाडीद्धय नेयमार र केलियन एमबाप्पे बिना नै मैदानमा उत्रिएको पेरिस सेन्ट जर्मेनले टुलुजलाई १-० गोल अन्तरले हराएको हो ।
‘पिएसजी’का लागि नवौं मिनेटमा एडिन्सन काभनीले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म पिएसजी १-० गोल अन्तरले अगाडि रहेको थियो । तर, दोस्रो हाफमा भने पिएसजीले थप गोल गर्न सकेन ।
निर्धारित समयसम्म टुलुजले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो । पिएसजीले जारी लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जीतपछि पिएसजीले १४ खेलबाट ४२ अंक बनाएको छ ।
दोस्रो स्थानमा रहेको लियोन भन्दा पिएसजी १५ अंकले अगाडि रहेको छ । शनिवार राति नै भएको अर्को खेलमा मोनाकोले काइनलाई १–० ले पराजित ग-यो । मोनाकोको जितमा कप्तान राडामेल फल्काओले एक मात्र निर्णायक गोल गरे । जितपछि मोनाको १० अंक जोडेर १९ औँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया