समृद्धि फाइनान्सद्वारा इटहरीमा न्यानो लुगा वितरण

लोकपथ
14
Shares

काठमाडौं । समृद्धि फाइनान्सले आईतवार इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरी वडा नम्बर ८ मा रहेको ॐ श्री पिपलबोटे खूल्ला विद्यालयका एक जना शिक्षक र २५ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको हो ।

फाईनान्सका इटहरी मुख्य शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको फाईनान्सका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् ।

करीब २५ वर्ष अघिदेखी न्यून आयश्रोत भएका परिवारका केटाकेटीहरुलाई भेला पारी बिहानको समयमा एक देखी दुई घण्टासम्म खोला किनारमा पिपलको बोटमुनी त्रिपाल तथा म्याट ओछ्याएर एक शिक्षक चन्द्र भण्डारीले पढाउँदै आएको विद्यालय हो ॐ श्री पिपलबोटे खूल्ला विधालय, हाल त्यहाँ विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने र नगर्नेसमेत गरी कक्षा एक देखी सात सम्मका २५ जना विद्यार्थीहरु छन् ।

फाइनान्सले मंसिर २८ गते बनेपा वडा नम्बर ८ मा रहेको चैतन्य माध्यमिक बिद्यालयका २६ जना विद्याार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो भने मंसिर २९ गते जनकपुरमा वडा नम्बर ८ मा रहेको जानकी बृद्धा आश्रममा २० जना बृद्धबृद्धालाई कम्बल वितरण गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । फाइनान्सले हाल आठ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?