कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियूक्त

लोकपथ
42
Shares

काठमाडौं । कृषि विकास बैंक लिमिटेडकोे अध्यक्ष पदमा रमेश दुवाडी नियूक्ति भएका छन् । नवनियूक्त अध्यक्ष विभिन्न संघ तथा संस्थाको सञ्चालक समितिमा सदस्य रहि कार्य गरेको अनुभव समेत रहेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्रावधान अनुसार अध्यक्ष दुवाडीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराए ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ति प्रसाद सापकोटा, कृषि विकास बैंक लिमिटेडका सञ्चालक समिति सदस्य डा. इन्दिरा मास्के श्रेष्ठ, विनोद कुमार गुरांगाई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?