लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ ।
जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पु¥याउँदा सात मुरी मात्रै स्यारेको बताइन् ।
कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बेमौसमी वर्षाका कारण बागलुङका किसानले समस्या भोग्नुपरेको बताए । उनले यस वर्ष पाँच प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएको जानकारी दिए । अहिले पनि बागलुङ धानमा आत्मनिर्भर नरहेको भन्दै त्यसमाथि वर्षाले नोक्सानी गरेको उनको भनाइ छ ।
गत वर्ष जिल्लाभर पाँच हजार आठ सय हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।
बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया