काठमाडौं । फिफा विश्वकप २०२२ को फाइनल खेलमा फ्रान्सेली टोली पराजित भएको छ । फाइनलमा पराजित भएसँगै फ्रान्सेली फ्यानहरु सडकमा उत्रिएका छन् । सडकमा उत्रिएका फ्यानहरु विभिन्न हिंसामासमेत संलग्न भएका छन् ।
फाइनल हारेपछि आक्रोशित फ्यानले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । उनीहरुले प्रहरीलाई दुव्र्यवहार समेत गरेका थिए । फ्रान्सको राजधानी पेरिसलगायत नाइस र लियोन जस्ता सहरमा भीषण हिंसा भएको थियो ।
फ्रान्समा हिंसाका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यस भिडियोमा फ्रान्सको पराजयका कारण आक्रोशित फ्यानहरूको भीड हिंसा गरिरहेको देख्न सकिन्छ ।
Riots erupt in #France after the defeat of the national team in the final of the World Cup.#ArgentinaVsFrance #ArgentinaFrancia #franceriots #FIFAWorldCup #FIFAWorldCup2022 #FIFAWorldCupQatar2022 pic.twitter.com/E1M7uIdn6t
— Chaudhary Parvez (@ChaudharyParvez) December 19, 2022
प्रहरीले सबै क्षेत्रमा शान्तिसुरक्षा कायम राख्ने प्रयास गरेपनि आक्रोशित समर्थकले प्रहरीमाथि ढुंगा हानेका थिए ।
मिडिया रिपोर्टका अनुसार आक्रोशित भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। भीडलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा पनि प्रयोग गरेको थियो ।
घटनामा दर्जनौं मानिस पक्राउ परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया