लेभीले पोखरा राइनोजबाट खेल खेल्ने

काठमाडौं । दक्षिण अफ्रीकाका क्रिकेटर रिचर्ड लेभीले एभरेष्ट प्रिमियर लिग ‘इपीएल’ टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

अर्को साताबाट शुरु हुने ‘इपीएल’मा ओपनर लेभीले पोखरा राइनोजबाट खेल्ने पक्का भएको बताइएको छ ।  पोखरा राइनोजले प्रेस बिज्ञप्ति निकाल्दै लेभीलाई अनुबन्ध गरेको जनाएको हो । 

पोखरा राइनोजले यसअघि स्कटल्याण्डका कप्तान काइल जेम्स कोट्जर र इंग्ल्यान्डका पाउल कोघ्लिनलाई अनुबन्ध गरिसकेो थियो । साथै पोखराले मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई नियुक्त गरिसकेको थियो ।

प्रतियोगितामा हरेक टिम तीन जना विदेशी खेलाडी राख्न पाउनु पर्ने नियम बनाएको थियो । यस अघि लेभीले दक्षिण अफ्रिका कै टी-ट्वान्टी तथा इन्डियन प्रिमियर लिग ‘आइपिएल’ समेत खेलिसकेका छन् ।

उनले ‘आइपिएल’ क्रिकेट अन्तर्गत उनले मुम्बई इन्डियन्सबाट खेल खेलेका थिए । उनले सन् २०१२ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?