एक खेलमा पराजित हुँदैमा लिगमा असर पर्दैन : प्रशिक्षक खड्गी

काडमाठौं । संकटा क्लबका प्रशिक्षक सल्यान खड्गीले विभागिय टिम आर्मीविरुद्धको खेलमा होल्ड हुन नसकेको बताएका छन् । 

जारी ‘ए’ डिभिजन लिगमा अपराजित संकटाले पहिलो हार बेहोरेको पनि उनले बताए । ‘हामीले आज सय प्रतिशत खेल खेलेको थियौ, तर खेलका दौरान खेलाडीहरु हतास्सिएको देखे, पहिलो गोल खानु नै हाम्रो लागि दुभार्ग सावित भयो, पहिलो गोल एकदमै सिल्ली गोल खान पुग्यो’ उनले भने । 

साथै प्रशिक्षक खड्काले पहिलो गोल खाएपछि खेलको रणनीति परिवर्तन गरेको पनि जानकारी दिए । 

‘आज आर्मीका खेलाडीले निक्कै राम्रो खेल खेल्यो, म बधाई दिन चाहान्छु, हामीले पनि आफ्नो तर्फबाट उत्कृष्ट खेल्यौ, खेलमा कहिले काही हार जित र भइहाल्छ, हामीले आज डिफेन्सिफ पोजिसनमा गेम खेलाउन खेजेका थियौ तर, त्यो सफल भएन, आज हामीले बलियोे टिमसँग यत्तिको खेल खेल्नु नै म राम्रै मान्छु’ उनले थपे । 

‘एक खेलमा पराजित हुँदैमा लिगमा असर पर्छ भन्ने चाँही हुँदैन, हामीले अगाडि तीन खेलमा नै शत प्रतिशत जीत निकालेका छौँ, अझै हाम्रो टिमले ९ खेल खेल्न बाँकी छ, आगामी दिनमा अझै राम्रो खेल खेल्ने प्रयास गछौँ’, उनले बताए । 

यता आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले टर्निङ प्वाइन्ट क्लबले पाएको दुई पेनाल्टी रहेको जानकारी दिए ।

 

‘पहिलो पेनाल्टी मिस नभएको भएदेखि अझै गोल गर्ने सम्भावना बढ्थ्यो, हाम्रो गोलकिपर डिफेन्सबीच ताल मेल नमिल्दा पहिलो गोल खान पुग्यौ, आज संकटाले अगाडि बढेर खेलेको हुनाले हामीलाई खेल्न झन सजिलो भयो, लिगको चौथो चरणसम्म आइपुग्दा मात्र आर्मी टिम अलि अलि फर्ममा आएजस्तो देखिएको छ, तर गत सिजनको तुलनामा अझै टिम बलियो हुन केही समय लाग्नेछ’, उनले बताए । 

‘आज हाम्रो टिमको खेलाडीले जति पनि मौका पाए त्यसलाई सिधै पोष्ट चार्ज मात्र ग-यौ, आजको खेलले हामीलाई अर्को खेल खेल्न अझै सजिलो हुन्छ’ उनले भने 
साथै उनले गत खेलका तीन खेलमा स्ट्राइकरहरुको गोल गर्न नसकेको बताए । 

‘तीन खेलमा नै स्ट्राइकरहरुले त्यति गोल गर्न सकेको थिएन, मैले प्रशिक्षण दौरान पनि स्ट्राइकरहरुलार्य बढि फोकस गरिरहेको थिए, पहिले स्ट्राइकरहरुले पाएको मौकालाई पनि सदुपयोग गर्न सकेका थिएन, तर आज पनि उनीहरुले उत्कृष्ट खेल्दै गोल गर्न पनि सफल भयो’, उनले थपे । 

संकटाविरुद्धको खेलमा आर्मी क्लबले ५-१ गोलको जित दर्ता गरेको थियो । जितपछि आर्मी क्लब लिगको शिर्ष स्थानमा उक्लिएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?