काठमाडौं । आउँदो माघबाट प्रदर्शनमा आउने चलचित्र ‘रणवीर’ को फस्ट लूक सार्वजनिक गरिएको छ । रिलिज हुन केही महिनामात्र बाँकी रहँदा निर्माण टिमले फिल्मको फस्ट लूक सार्वजनिक गरेको हो ।
फस्ट लूकमा फिल्ममा अभिनेता सुशील सिटौलालाई देखाइएको छ । यही फिल्मका लागि भने सुशीलले आफ्नो तौल १५ किलो बढाएको पनि भनिन्छ । उनले यही फिल्मका लागि भने जिम गरी ज्यान समेत बनाएका थिए ।
गोविन्द सिंह भण्डारीले निर्देशन गरेको यो फिल्ममा दीपेन्द्र रेग्मी र गोमा विष्ट थापाको लगानी रहेको छ । चलचित्रलाई एक्सनप्रधान भनिएको छ । यसअघि निर्माण टिमले मोसन पोस्टर सार्वजनिक गरेको थियो ।
यस्तै चलचित्रमा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
झण्डै दुई करोड लगानीमा निर्माण भएको भनिएको यो फिल्मका दुई गीतको छायांकन भने अझै बाँकी रहेको निर्माण टिमले जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया