काठमाडौं । नागरिक लगानी कोषको निष्काशन तथा विक्री प्रवन्धकत्व रहेको माथिल्लो तामाकोसी हाइड्रोपावरको शेयर मंगलबार बाँडफँड गरिएको छ ।
सामुहिक लगानी कोषका लागि छुट्याइएको ७ लाख ९४ हजार २५० कित्तासहित कूल १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर गत कात्तिक १९ देखि १९ सम्म् सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।
नतिजाअनुसार ५० कित्तादेखि १००० कित्तासम्म आवेदन दिने आवेदनहरुको ६ करोड ४६ लाख १८ हजार ८४३ कित्ता शेयरको लागि न्यूनतम ४० कित्ता शेशयरका दरले १ करोड ३३ लाख ६३ हजार बाँडफाँड गरिएको छ ।
यस्तै फाँडफाँडबाट बाँकी रहेका १७ लाख २७ हजार ७५० कित्ता शेयरका लागि पुन ३ लाख ३४ हजार ७५ जना आवेदक मध्येबाट गोलाप्रथाद्वारा १० कित्ताका दरले कूल १ लाख ७२ हजार ७७५ जना आवेदक छनोट गरी १० कित्ता थप गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया