‘प्रेम गीत २’ ट्रेन्डिङ नम्बर एकमा, दर्शकले दिए मिश्रित प्रतिक्रिया

काठमाडौं । हलमा राम्रै सफलता बटुलेको चलचित्र ‘प्रेम गीत २’ युट्युबमा ट्रेन्डिङमा परेको छ । युवास्टार प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको यो फिल्म नेपाल लगायत विभिन्न देशमा ट्रेन्डिङमा परेको हो ।

रामशरण पाठकले निर्देशन गरेको यो फिल्ममा कथा पनि उनैको छ । लभस्टोरी यो फिल्ममा दुई देशबीचका नेपालीको प्रेमलाई देखाइएको छ । युट्युबमा रिलिज भएको दुई दिनमा फिल्मलाई युट्युबमा २५ लाखभन्दा बढीले हेरेका छन् भने यो समाचार तयार पार्दासम्म सात हजारभन्दा बढीले कमेन्ट गरेका छन् ।

दर्शकले फिल्ममा स्वस्तिमा गीतमा मात्र नभएर फिल्ममा नै हुनुपर्ने धारणा राखेका छन् भने कतिपयले हिरोइनको अभिनयलाई नरुचाएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि केही दर्शकले भने फिल्मले मन जितेको प्रतिक्रिया दिएका छन् । ‘राम्रो फिल्म तर अबको प्रेम गीत ३ मा चाहिँ अझै राम्रो लभस्टोरीसँगै एक्सन पनि हुनुप–यो, लभस्टोरीसँगै एक्सन भयो भने झनै दर्शकको लागि सुनमा सुगन्ध हुनेछ ।’, एक प्रयोगकर्ताले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?