१ महिनामा ६ अर्ब रूपैयाँ निकाशा र रकमान्तर

काठमाडाैं : सरकारले विभिन्न प्रयोजनका लागि अर्थ मन्त्रालयमार्फत कार्तिक महिनामा ६ अर्ब रूपैयाँभन्दा बढी रकम निकाशा र रकमान्तर गरेको छ । 

अार्थिक सहायता, विशिष्ठ व्यक्तिको भ्रमण खर्च, भैपरि अाउने खर्च, साधारण प्रशासन खर्च र भाैतिक सुविधा लगायतका शीर्षकमा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

नेपाली सेनाले मात्रै भैपरि अाउने विकास कार्यक्रमका लागि ३ अर्ब ४ करोड ५० लाख रूपैयाँ निकासा पाएको छ । जंगी अड्डाले पाएको यो रकम कात्तिक महिनामा भएको सबैभन्दा ठूलो निकासा हो । 

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रलार्इ दुर्इ पटक गरि १ अर्ब ६६ करोड ८५ लाख ४१ हजार रूपैयाँ रकम निकाशा गरिएको देखिएको छ । यसैगरि, राष्ट्रपति चुरे तरार्इ मधेश संरक्षण विकास समितिलार्इ पनि १ अर्ब ४६ करोड २६ लाख २५ हजार रूपैयाँ रकमान्तर निकासा गएको छ ।

कर्मचारीको स्वास्थ्य उपचार, साधारण खर्च, विशिष्ठ भ्रमणभत्ता तथा खर्च जस्ता कैयाैं शीर्षकमा सरकारले रकमान्तर  र बजेट निकाशा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?