काठमाडौं । चीन, अमेरिका, जापानलगायत विश्वका धेरै देशमा कोरोना संक्रमण बढ्दै गएपछि भारतमा अलर्ट जारी गरिएको छ । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले शुक्रबार सबै राज्य र प्रदेशका स्वास्थ्य मन्त्रीसँग बैठक बोलाएर स्थितिको समीक्षा गरेका छन्।
नयाँ वर्ष र आगामी चाडपर्वलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले कोरोनासँग सम्बन्धित नयाँ एडभाइजरी जारी गर्न लागेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
त्यस्तै, भारतीय सेनाले आफ्ना सबै सैनिकलाई कोरोना प्रोटोकल पालना गर्न सल्लाह दिएको छ । सैनिकहरुका लागि केही दिशानिर्देश पनि जारी गरिएको छ। यस निर्देशिका अन्तर्गत सबै लक्षण देखिएका जवानको कोरोना परीक्षण गरिनेछ र पोजेटिभ देखिए सात दिनका लागि क्वारेन्टाइनमा राखिनेछ।
मध्यमदेखि गम्भीर बिरामी भएकाहरूलाई अस्पताल भर्ना गरिनेछ। कर्मचारीलाई मास्क प्रयोग गर्ने, विशेष गरी बन्द र भीडभाड ठाउँहरूमा भौतिक दूरी कायम गर्न आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया