भिभो वाई३५ स्मार्टफोन : प्रदर्शन र क्यामेराको पावरहाउस

लोकपथ
63
Shares

काठमाडौं । नेपालमा स्मार्टफोनको बजारमा सर्वाधिक रुचाईएको ब्राण भिभो बनेको छ । केही समयअघि मात्रै बजारमा आफ्नो वाई३५ स्मार्टफोन बजारमा पठाएको भिभो युवा पुस्ताको रोजाईमा परेको हो ।

विकसित आवश्यकताहरू बुझ्दै तयार पारिएको भिभो वाई३५ सिरिजको पोर्टफोलियोमा सबैभन्दा नयाँ मोडेल हो । भिभो वाई सिरिज प्रिमियम विशेषताहरू र शक्तिशाली कार्यसम्पादनका लागि प्रसिद्ध छन् र वाई३५ लाई यसको सुलभ मूल्य तथा आकर्षक विशेषताका कारण प्रयोगकर्ताहरुले निकै रुचाएका छन् ।

वाई३५ लाई स्मार्टफोन बजारमा सबैभन्दा उत्कृष्ट उत्पादनहरू मध्ये एक बनाउने शीर्ष कारणहरू यस प्रकार छन् :-

१. शक्तिशाली प्रदर्शन

भिभो वाई३५ नवीनतम अक्टा–कोर स्न्यापड्रेगन ६ सय ८० द्वारा सञ्चालित छ जुन २ दशमलव ४ गिगाहर्ज घडिको गतिमा चल्छ । यसले ठूला एप्लिकेसनहरू निर्बोध रुपमा कार्य गर्न मद्दत गर्दछ । यो ८जीबी+८जीबी विस्तारित र्यामको साथमा आउँछ जसले प्रयोगकर्ताहरूलाई आफ्नो मनपर्ने एपहरू सजिलैसँग चलाउन, डाउनलोड गर्न र एकबाट अर्कोमा स्विच गर्न अनुमति दिन्छ । यसमा १ सय २८जीबी रोम रहेको छ जसलाई १ टिबीसम्म विस्तार गर्न सकिन्छ ।

२. शक्तिशाली ब्याट्री

भिभो वाई३५ मा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ जसले ब्याट्री नटिक्ने साझा चिन्तालाई कम गर्दछ । यसको एआई पावर–सेभिङ टेक्नोलोजीका कारण एक पटक पूर्ण चार्ज गरेपछि २ दिनसम्म, अनलाइन एचडी भिडियो स्ट्रिमिङ गर्दा १४ दशमलव ३ घण्टा र ग्राफिक्स–इन्टेन्सिभ खेलहरूका लागि ७ दशमलव ०५ घण्टासम्म समर्थन गर्न सक्छ । रिभर्स चार्जिङ सुविधाले तपाईं बाहिर हुँदा अन्य उपकरणहरु पनि चार्ज गर्न सकिने र फोनमा ४४ वाट फ्ल्यासचार्ज रहेका छन् । जसले प्रयोगकर्ताहरूलाई द्रुत रूपमा रिचार्ज गर्न अनुमति दिन्छ ।

३. उत्कृष्ट क्यामेरा विशेषताहरू

वाई३५ मा शानदार ५० एमपी ट्रिपल रियर क्यामेरा छ जसले स्पष्ट र सुन्दर तस्वीरहरू लिन मद्दत गर्दछ । यसमा धेरै नवीनतम र फ्ल्यागशिप क्यामेरा विशेषताहरू छन् जसले प्रयोगकर्ताहरूको लागि समग्र इमेजिङ र भिडियोग्राफी अनुभवलाई सुधार गर्दछ । वाई३५ को भिडियो फेस ब्यूटी बोकेह क्यामेरा, मल्टी–स्टाईल पोर्टे«ट सुविधाहरूले प्रत्येक फ्रेमलाई बढाउँछ । दुबै अगाडि र पछाडिको क्यामेरामा सुपर नाइट मोडले कम प्रकाशमा पनि सुन्दर रात्रि दृश्यहरू खिच्न बहु–फ्रेम डिनोइजिङ प्रयोग गर्दछ ।

४. आकर्षक डिजाइन

वाई३५ मा प्रभावशाली प्रदर्शन र उत्कृष्ट क्यामेरा बाहेक यसको लुक पनि उत्तिकै आकर्षक छ । यसमा फ्ल्याट फ्रेम र २ दशमलव ५डी कर्भेचर छ । यसमा फ्रोस्टेड एन्टि–ग्लेयर (एजी) सतह रहेको छ जसले फोनलाई स्क्र्याच– र फिंगरप्रिन्ट–प्रतिरोधी बनाउँछ र शुरुचिपूर्ण अनुभव प्रदान गर्दछ । साइड फिंगरप्रिन्ट डिजाइनले पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर स्मार्टफोनहरूलाई अझ मनमोहक बनाएको छ । यसमा फेस वेक सुविधा पनि छ । यो उपकरण एगेट ब्ल्याक र डन गोल्ड कलर भेरियन्टमा आउँछ जसले तपाईंको दैनिक जीवनलाई थप स्पार्क दिन्छ । यसको मुल्य नेपालमा ३० हजार ९ सय ९९ रुपैयाँ मात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?