राष्ट्र बैंकद्वारा पुन : १८ अर्ब ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी आव्हान

लोकपथ
7
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १८ अर्ब ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार आगामी सोमवार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने पुस १२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको ६ अर्ब ५० करोड २५ लाख, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ चैत्र १४ गते, २०८० असार १२ गते र २०८० पुस १० गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।

यसअघि यही पुस चार गते पनि राष्ट्र बैंकले १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?