एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड जारी ‘युइएफए’ च्याम्पियनस लिग फुटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलवार राति सम्पन्न भएको समूह चरणको खेलमा म्यान्चेस्टर युनाइटेडले योङ ब्वाइजलाई १-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए । युनाइटेडका लागि मरौउने फेल्लानीले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
यो जितपछि म्यान्चेस्टर युनाइटेड समूह ‘एच’बाट अन्तिम १६ मा पुगेको हो । युनाइटेडले ५ खेलबाट १० अंक जोडेको छ । १ अंक मात्र जोडेको योङ ब्वाइज भने समूह चरणबाटै बाहिरिएको छ ।
यहि समूहबाट इटालियन क्लब युभेन्ट्स पनि प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । १२ अंक बनाएको युभेन्ट्स समूहको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो ।
त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा पोर्चुगिस क्लब बेन्फिकालाई ५-१ गोलको शानदार जीत दर्ता गराउँदै जर्मन क्लब वायर्न म्युनिख पनि प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
रोबर्टो लेवान्डोस्कीले जारी च्याम्पियन्स लिगमा ५० गोल पुरा गर्दै वार्यनलाई अघिल्लो चरणमा पु-याउन महत्वपूर्ण दिए । वायर्न म्युनिखको जीतमा आर्जेन रोबेन र रोबर्टो लेवान्डोस्कीले समान २-२ गोल गरे । फ्रान्क रिबेरीले एक गोल गरे ।
यता बेन्फिकाका गेड्सन फर्नान्डेजले एक मात्र गोल फर्काए ।जितपछि समूह ‘ई’ मा रहेको वायर्न म्युनिख ५ खेलबाट १३ अंक जाड्दै अन्तिम १६ मा पुगेको हो । ४ अंक मात्र बनाएको बेन्फिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।
मंगलवार राति नै भएको अर्को खेलमा आयाक्सले एथेन्सलाई २-० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा पुगेको छ । यसै समूहमा रहेको आयाक्सले ५ खेलबाट ११ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया