काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजबाट चौथो चरणको खेल सकिदैछ ।
प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पाले मच्छिन्द्र क्लबको सामना गर्दैछ । यसअघि भएका खेलमा हिमालयन शेर्पाले तीन खेलबाट ७ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा छ ।
एक खेलमा पराजित भएको हिमालयन शेर्पाले दुई खेलमा जित निकालेको थियो । यता एक खेलमा पराजित भएको मच्छिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकालेको छ । मच्छिन्द्र २ अंक सहित अंक तालिकाको ११ औँ स्थानमा छ ।
त्यस्तै आजै हुने दोस्रो खेलमा फ्रेण्ड्स क्लबले जावलाखेल युथ क्लबको सामना गर्दैछ ।
दुवै क्लब लिगको अन्तिम स्थानमा छन्। अहिलेसम्म खेलको सबै खेलमा पराजित दुवै टोली अङ्कविहीन छन् । जावलाखेल लिगको १३ औँ तथा फ्रेण्ड्स १४ औँ स्थानमा छन् ।
पाँचौ चरणको खेल मंसिर १४ गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया