राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेशस्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेशस्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यलय रसुवाको शनिवार उद्घाटन गरिएको छ । यसपछि बैंकको देशभर २ सय ६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

शाखा कार्यालय ताप्लेजुङ्गको बैंक सञ्चालक दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुमको म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारीको झापा १ ‘ख’ का प्रदेश सांसद माननीय गोपाल तामाङ्ग, शाखा कार्यालय मलगंवाको सर्लाही २ ‘ख’ का प्रदेश सांसद माननीय कौशल किशोर दास र शाखा कार्यलय रसुवाको रसुवा ‘ख’ का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार अगल अलग कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए ।

शाखा कार्यालयको उद्घाटनमा बैंकतर्फबाट बैंक सञ्चालक प्राध्यापक डाक्टर राजनबहादुर पौडेल र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ शाखा कार्यलय धुवलावारीमा, बैंक सञ्चालक लक्ष्मण घिमिरे र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल शाखा कार्यलय रसुवामा, नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी शाखा कार्यालय मलगंवामा, उपकार्यकारी अधिकृत पवन रेग्मी शाखा कार्यालय ताप्लेजुङ्गमा र उपकार्यकारी अधिकृत विनयरमण पौडेल शाखा कार्यालय तेह्रथुममा सहभागी भएका थिए ।

शाखा कार्यालयहरुको उद्घाटन समारोहमा जनप्रतिनीधि, राजनीतिक दलका प्रतिनिधि, सेना, प्रहरी, उद्योगी, व्यवसायी, कर्मचारीहरु लगायतको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?