काठमाडौं । हिमालयन शेर्पा क्लबका प्रशिक्षक सुवास लिम्बुले खेलाडीहरुको प्रर्दशनमा सुधार आएको बताएका छन् ।
मच्छिन्द्र क्लबविरुद्ध २-० को जीत पारेपछि पत्रकारहरुसँग कुरा गर्दै प्रशिक्षक लिम्बुले पहिलेको तुलनामा आजको खेल उत्कृष्ट खेल खेलेको जानकारी दिए । ‘पहिले खेलको तुलनामा अहिले क्लबको खेलमा निखारता आउँदै छ, अहिले हाम्रो स्ट्राइकरहरुले गोल गरिरहेका छन्, म अहिले खेलाडीको प्रर्दशनबाट खुशी छु’, उनले भने ।
‘पहिलो हाफसम्म मेरो टिमको खेलाडीहरु बल पोजिसन राख्नमा नै केन्द्रित थिए, हामीलाई गोल गर्न कुनै हतार थिएन, त्यसैले धैर्य भएर खेल खेल्यौं, प्रशिक्षणमा दिएको टिप्स आज सफल भयो’, हर्षित मुद्रामा उनले बताए ।
साथै उनले क्लब लिगको तेस्रो स्थानमा उक्लिएको खुशी व्यक्त समेत गरे ।
‘अब हाम्रो आगामी खेल आर्मी क्लबसँग छ, क्लबले १० अंक बनाइसकेको छ, त्यसैले मेरो टिमको खेलाडीहरुको मनोबल उच्च छ, आशा गरौं आर्मीविरुद्धको खेलमा पनि उत्कृष्ट प्रर्दशन गर्नेर्छौ’, उनले थपे ।
हिमालयन शेर्पाको जीतमा आशिष गुरुङ र कर्णले लिम्बुले समान एक-एक गोल गरेका थिए । उपाधि होडमा रहेको थ्री-स्टार क्लबलाई पछि धकेल्दै जारी ‘ए’ डिभिजन लिगमा हिमालन शेर्पा लिगको तेस्रो स्थानमा उक्लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया