काठमाडौं । धेरै युवालाई केटीले कस्तो केटी मन पराउँछन् होला भनेर खुल्दुली हुने गर्छ । युवतीलाई कस्तो केटा मन पर्दो हो, के सोच्दी हो, खानामा के कुरा मन पर्दो हो भनेर धेरै युवकले सोचिरहेका हुन्छन् ।
आज हामी यही बारेमा कुरा गर्दैछौँ कि, युवतीहरुले आफ्ना रिलेशनमा के कुरा बढी चाहन्छन्? अर्थात् युवतीले आफ्नो केटा साथी कस्तो होस् भनेर चाहन्छन्ः
कलाकारजस्तो व्यक्ति
अक्सर युवतीहरु जुन केटामा भित्रैदेखि ट्यालेन्ट छ, त्यस्ता केटाहरुलाई बढी रुचाउने गर्छ । गितार बजाउन जान्ने केटाले युवतीलाई पनि सहजै पट्याउन सक्छ । त्यति मात्र होइन कि युवतीलाई त्यस्ता केटा पनि बढी मन पर्छ, जो युवक भित्रैदेखि निकै नै ट्यालेन्ट छ । यस्तै युवतीहरुले बोल्ड केटाहरुलाई पनि रुचाउने एक अध्ययनले देखाएको छ ।
खुला विचारका व्यक्ति
आजकाल छिट्टै नै सम्बन्धमा दरार आउने कारणमध्ये एउटा कारण तपाईंमध्ये धेरैलाई थाहा नै होला । कहिले सामाजिक सञ्जालको कारण त कहिले अन्य कारणले समेत सम्बन्धमा दरार आउँछ । सम्बन्ध टुट्ने कारण एकअर्काबाट टाढा भएर पनि हो । कोही केटाहरु कुरा लुकाउने स्वभावका हुँदा पनि युवतीहरुले शंकाको नजरले हेर्ने गर्छन् । युवतीहरुको रोजाइमा खुला स्वभावका केटाहरु बढी पर्ने गर्छन् । जो खुलेर बोल्न र खुला विचार व्यक्त गर्न रुचाउँछन्, ती युवाहरु युवतीको रोजाइमा पर्ने गर्छन् ।
बुद्धिमान र मजाक गर्ने
युवतीहरुलाई मन पर्ने केटाहरुमा जो बुद्धिमान र मजाकका देखिने हुन्छन्, ती पनि हुन् । कैयन् केटाहरु आफ्नी प्रेमिकासँग रिसाउने गरिरहेका हुन्छन् । तर, युवकको यस्तो स्वभावले युवतीहरुलाई दुखी बनाउँछ । यसैले युवतीले मजाक गर्ने र बुद्धिमानी युवकलाई आफ्नो रोजाइमा पार्ने गर्छन् । भनिन्छ कि, प्रेममा छोटो गल्तीले पनि कहिलेकाहीँ आफ्नालाई रुवाउँछ । साना गल्तीलाई पनि ठूलो बनाउने युवकलाई युवतीले त्यति रुचाउँदैनन् ।
आत्मविश्वासी
आजकालका युवक जुन कुरामा पनि कन्फ्युज भइरहेका हुन्छन् । के गरिरहेका हुन्छन् भन्ने पनि भुल्छन् कहिलेकाहीँ । जो युवाहरु एकदमै कन्फ्युज हुन्छन्, ती युवाहरु युवतीलाई खासै मन पर्दैनन् । त्यसैले जो केटाहरु बढी आत्मविश्वासी हुन्छन्, उनीहरुलाई युवतीले रुचाएका हुन्छन् । किनकि, आत्मविश्वासले युवतीलाई भरोसा दिलाउँछ ।
रोमान्टिक युवक
रोमान्टिक युवाहरु युवतीको नजरमा पर्छन् भन्ने कुरालाई वैज्ञानिकहरुले पनि बताएका छन् । अल्का रोमान्टि र समझदार युवक युवतीहरुको रोजाइमा पर्ने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया