काठमाडौं । नेपाल र दक्षिणपूर्वी एशियाली मुलुक कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
युनिभर्सल पिस फेडेरेसनको आयोजनामा काठमाडौंमा बिहीवारदेखि शुरु हुने ‘एसिया प्यासिफिक समिट २०१८’मा सहभागी हुन नेपाल आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनले दुई देशबीच हवाई सेवा आदानप्रदान गर्न प्रारम्भिक चरणको सम्झौतामा हस्ताक्षर गर्न लागेका हुन् ।
कम्बोडियाका प्रधानममन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज साँझ राजधानीको एक होटलमा दुई देशका नागरिक उड्डयन मन्त्रीले हवाई सम्झौतामा हस्ताक्षर गर्नेछन् ।
सम्झौतामा दुई देशका एयरलाइन्सले सातामा १४ वटासम्म उडान गर्न पाउने व्यवस्था गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको र सोहीअनुसार आज हस्ताक्षर हुने भएको हो ।
सम्झौतामा कोड सेयरिङको सुविधा दुवै देशका एयरलाइन्सले पाउने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया