क्यान विवाद : ‘आइसीसी’को मोनिटरिङ बैठक मंसिर २१ गते बस्ने

काठमाडौं । नेपाल क्रिकेट संघको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आइसीसी’ले गठन गरेको मोनिटरिङ कमिटीको बैठक बस्ने भएको छ ।

मोनिटरिङ कमिटीको बैठक यहि मंसिर २२ गते बस्न लागेको बताइएको छ । ‘आइसीसी’को सल्लाहाकार कमिटीले बनाएको विधान अनुसार ‘क्यान’ विवादलाई टुङगोमा लगाउन बैठक काठमाडौंमा बस्न लागेको जनाएको छ । 
 
बैठकमा आईसीसीका प्रतिनिधि सहित नेपालका खेलकुद परिषद् र निलम्बित क्यानका प्रतिनिधि सहभागि हुनेछन् । बैंकठ २१, २२ र २३ गते बस्न लागेको निलम्बित क्यानका प्रतिनिधी रइस थापाले जानकारी दिए । 
‘२२ गते बस्ने मोनिटरिङ बैठकमा क्यानको जिल्ला निर्वाचनको बिषयमा पनि औपचारिक छलफल हुनेछ’, उने भने । 

यसअघि साउनमा मोनिटरिङ कमिटिको बैठकले जिल्ला निर्वाचनको विषयमा कागजात अध्ययन गर्ने र प्रक्रिया पुगेका निर्वाचनलाई मान्यता दिने बिषयमा सहमती जुटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?