राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आज बस्ने बैठकमा पार्टीले नयाँ सरकार गठनमा समर्थन गरेपनि सरकारमा जाने वा नजाने भन्नेबारे छलफल हुने बताइएको छ । प्रवक्ता श्रेष्ठले भने, ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने र त्यससँगै पार्टीले सरकार गठनमा समर्थन गरेपनि सरकारमा जाने वा नजाने भन्नेबारे छलफल हुन्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनमा समर्थन जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?