नाइजेरियामा दुर्घटनामा परी दुई दिनमा २१ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । नाइजेरियामा सोमबार र मङ्गलबार भएका दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । सोमबार र मङ्गलबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परेर २१ जनाको ज्यान गएको त्यहाँका सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

देशको मध्यभागमा पर्ने कुवार तास्कुवाममा सोमबार दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा परेर ११ जनाको ज्यान गएको छ । त्यसैगरी मङ्गलबार पनि देशको एक मुख्य राजमार्गमा सवारी दुर्घटना भएको र त्यसमा परेर १० जनाको ज्यान गएको थियो ।

नाइजेरियामा सडकको खराब अवस्थाका साथै यहाँ सवारी हाँक्ने चालकहरुले निकै लापरवाही रुपमा सवारी हाँक्ने भएकाले पनि सडक दुर्घटनाहरु भइरहने बताइन्छ । नाइजेरियामा वर्षेनी सयौँ मानिसको सडक दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?