काठमाडाैं । बौद्ध धर्मगुरु दलाई लामा हाल भारतकाे बिहारमा छन्। बोधगयामा उनको अध्यापन कार्यक्रम चलिरहेको छ । यसैबीच भारतीय गुप्तचर विभागबाट प्राप्त जानकारी अनुसार दलाई लामाको ज्यानलाई खतरा देखिएको हो ।
बिहार प्रहरीले गुप्तचर सूचनामा चिनियाँ महिलाको स्केच सार्वजनिक गरेको छ । जसमाथि दलाई लामाको जासुसी गरेको आशंका छ ।
एक चिनियाँ महिला उनको जासुसी गरिरहेकी भन्ने खबरपछि बिहार प्रहरीले चिनियाँ महिलाको स्केच सार्वजनिक गरेको छ । हाल ती चिनियाँ महिलाको खोजी भइरहेको छ । उनको जासुसीको सूचना बाहिर आएपछि दलाई लामाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Bihar | Security agencies searching for a Chinese woman in Gaya, suspected of spying on Dalai Lama, the sketch of the woman released.
These days Dalai Lama is travelling in Bodh Gaya, Bihar. pic.twitter.com/xj7gvUTYPO
— ANI (@ANI) December 29, 2022
बिहार प्रहरीबाट प्राप्त जानकारी अनुसार दलाई लामाको जासुसी गर्ने चिनियाँ महिलाको नाम सोङ सियाओलान हो ।
उनको भिसा नम्बर– ९०१ BAAB2J र राहादानी नम्बर EH2722976उल्लेख गरिएको छ । चिनियाँ महिला सोङ सियाओलान विगत २ वर्षदेखि भारतको विभिन्न भागमा बस्दै आएको बताइएको छ । जासुस भएको आशंकामा यी महिलाको खोजी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया