काठमाडौं । अमेरिका र क्यानडामा आएको चक्रवात यस शताब्दीको सबैभन्दा ठूलो हिम तूफान मध्ये एक मानिएको छ । उक्त चक्रवातले त्यहाँका जनताको जनजीवन अस्तव्यस्त बनाएको छ र विश्वको सबैभन्दा अग्लो झरना नियाग्रा फल्सलाई पनि जमेको छ ।
जमेको नियाग्रा फल्सको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । नियाग्रा फल्स अमेरिकाको न्यूयोर्क र क्यानडाको ओन्टारियोको सिमानामा पर्छ। अमेरिकामा यसको प्रभाव न्यूयोर्कमा मात्र देखिएको छ । जहाँ अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ ।
नियाग्रा फल्सको पानी हिउँमा परिणत भएको छ । तापक्रम शून्य डिग्रीभन्दा तल गएपछि नियाग्रा फल्सको पानी हिउँमा परिणत भएको हो । चर्को चिसोमा पनि पर्यटक त्यहाँ पुगेर तस्बिर सेयर गरिरहेका छन् ।
न्यूयोर्क स्टेट पार्कका अनुसार नियाग्रा फल्सबाट हरेक सेकेन्डमा ३१६० टन पानी बग्छ। जुन ३२ फीट प्रति सेकेन्डको दरले खस्छ । ९ वर्षअघि २०१४ मा झरनाको पानी पनि हावामा बरफ बनेको थियो । माइनस १२ डिग्री तापक्रमका कारण पानी पूरै जमेको थियो ।
नियाग्रा झरनामा अहिलेसम्म ७ औं पटक मात्रै जमेको छ । सन् १८४८ मा पहिलो पटक चिसो भएपछि यो झरना जमेको थियो त्यसपछि १९११, १९१२, १९१७, २०१४ र २०१५ मा पनि जमेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया