काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक प्रतिफलका साथमा एक करोड रुपैंयाँसम्मको म्यादीजीवन बीमा सुविधा प्राप्त गर्न सकिने नविनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।
व्यक्तिगत ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यो मुद्दती योजना अन्तरगत न्यूनतम ५० हजार रुपैंयाँमा खाता खोल्न सकिनेछ ।
बैंकका अनुसार यो मुद्धती योजनामा ग्राहकवर्गहरुले निक्षेप रकमको दुई गुणा सम्मको प्रतिफल प्राप्त गर्न सकिने छ । । यसका अतिरिक्त, पहिलो वर्षको लागी नि:शुल्क युएनओ क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सकिने छ । यो मुद्धती योजनाको बीमा साझेदार महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड रहेको छ । ग्राहकवर्गहरुले सिद्धार्थ बैंकको सबै शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ वटा ए.टि.एम्, ११८ शाखारहित बैंकिङ्ग सेवा र १,८०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्गसेवा प्रदान गर्दै आएको छ ।
साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टल मार्फत समेत प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया