काठमाडौं । ‘ए होर माया’ बोलको गीतमा अभिनय गरेर निकै चर्चामा आएकी सनिशा भटृराईले फेरी ‘साईली’ बोलको गीतबाट दर्शकमाझ आएकी छन् । यस भन्दाअघिका गीतहरुमा निकै रुचाईएकी सनिशा यो गीतबाट कत्तिको सफल हुन्छिन् त्यो भने हेर्न बाकीँ छ ।
उनले अभिनय गरेको यो गीतमा गाउँघरमा प्रेमि प्रेमिकाको माय भाव देखाउने दृश्यहरु प्रस्तुत गरिएको छ । पछिल्लो समय नेपाली साङगीतिक क्षेत्रमा फड्को मार्दै गईरहेका युवा गायक बसन्त विश्रकर्मा र शान्तिश्री परियारको आवाज रहेको उक्त गीत विहिवार बसन्त विश्रकर्माको आधिकारी युट्युव च्यानलमार्फत उक्त गीत सार्वजानिक भएको छ ।
सोहि गीतमा बसन्त विश्रकर्माको अभिनय देख्न सकिन्छ । मौसम हिमालीको कथा र निर्देशन रहको गीतमा शब्द तथा संगीत पनि बसन्तकै रहेको छ । गीतम संगीत संयोजन कृष्ण विकले गरेका छन् । समाचार तयार पार्दासम्म उक्त गीतले ४२ हजार भन्दा बढि दर्शक पाईसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया