काठमाडौं : नेपाल बंगलादेश बैंकले अाफ्ना शेयरधनीलार्इ १०.५३% नगद लाभांश मात्र दिने भएको छ ।
शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले हाल कायम ८ अर्ब ८ करोड ८२ लाख ९९ हजा रूपैयाँ चुक्ता पूँजीबाट नगद लाभांश मात्र दिने निर्णय गरेको हो ।
नगद लाभांश दिने सञ्चालक समितिको निर्णयलार्इ नेपाल राष्ट्र बैंक र सम्बन्धित बैंकको बार्षिक साधारणसभाले पारित गर्नुपर्छ ।
चालु अार्थिक बर्षको पहिलो त्रैमास अर्थात साउनदेखि असोज मसान्तसम्ममा नेपाल बंगलादेश बैंकले ३० करोड १९ लाख १४ हजार रूपैयाँ खुद नाफा अार्जन गरेको जनाएको छ ।
हाल यो बैंकको प्रतिशेयर अाम्दानी १४ रूपैयाँ ९३ पैसा र प्रतिशेयर नेटवर्थ १४६ रूपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया