काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । भोलि सोमवार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
पुस १९ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । राष्ट्र बैंकका अनुसार जारी गरिने कुुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब ७५ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँको रहेका छन् ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ माघ १७ गते, २०७९ चैत २१ गते र २०८० पुस १७ गते तोकिएको छ । यि ट्रेजरीहरुमा १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगत रहेपनि बाँकी सात अर्ब ५० करोड रुपैंयाँ बराबरको नयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।
यसअघि गत साता अर्थात पुस ११ गते पनि राष्ट्र बैंकले १८ अर्ब ५० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया