काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक प्रति मिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।
प्रिपेड ग्राहककालागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात ‘पेएजयूगो’को नयाँ महशुल दर आज आइतवार (पुस १७) देखि लागू भएको छ । यस अघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक १ रुपैयाँ ९९ पैसा शुल्क रहेको थियो । यो नयाँ शुल्क लागू भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रति मिनेट मात्र २ रुपैयाँ ०५ पैसामा कल गर्न सक्छन् । यस अघि यो शुल्क करसहित २ रुपैयाँ ५२ पैसा रहेको थियो ।
ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग बिना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले बताएको छ । आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेका एनसेलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया